राजधानीमा ‘नक्कली’ प्रहरी, समातिए रक्सी सहित

दियो पोस्ट  

काठमाडौं, २२ चैत्र । राजधानीमा प्रहरी बनेर गतिविधि गर्दै आएका विभिन्न व्यक्ति पक्राउ गरेका छन् । महानगरिय प्रहरी अपराध महासाखाकाको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महासाखाले ५ जनालाई पक्राउ गरेको छ । उनीहरुसँगै १४ थान ब्ल्याक लेबल, १६ हजार भारतीय रुपैयाँ सहित ६० हजार नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा गुल्मि घरभएका दिपक भनिने टोप बहादुर कुँवर, काभ्रे घर भएका गोविन्द चौलागाईं, प्युठानका निम बहादुर कँबर, मोरङका सुनिल चौधरी रहेका छन् ।
क्यासिनोमा जाने लत लागेपछि दिपक भन्ने टोपबहादुर कुँवरले ५ जनाको नक्कली प्रहरीको समुह बनाएर ठगि गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
सो समुहले क्यासिनोमा प्रबेश पाउनको लागी भारतीय निर्बाचन आयोगको तथा आयकर बिभागको नक्कली कार्ड बागबजारमा डिजाईन गराएका थिए ।