काठमाडौं, २४ चैत्र । एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईलाई ‘विरामी’को संज्ञा दिएका छन् । राजधानीमा एमाओवादी निकट अखिल महिला संठनको छैठौ राष्ट्रिय सम्मेलनको उदघाटन गदै उनले यस्तो बताएका हुन् ।
‘जनयुद्ध लडेका सबै राम्रो हुँदा रहेन छन् । यदि राम्रा हुने भए वैद्य र डा. हामीसंगै हुनु पर्ने हो ,’ बाबुरामलाई ईंगित गर्दै उनले भने, ‘सबैको उपरचा गर्नु पर्र्नेे डा. आफै बिमारी भएर भौतारी रहेका छन् ।’ उनले भारतले नाकाबन्दी लगाएको प्रति कडा प्रतिक्रिया दिएका छन् ।
‘हामी सबै छिमेकिसंग राम्रो सम्बन्ध चाहन्छौं । तर कुनैपनि समयमा राष्ट्रिय स्वाधीनताको लडाई विस्फोट हुन सक्छ,’ उनले भने, ‘यसकालागि सबैले तयार हुनु पर्ने छ । विशेषत वामपन्थी विच रणनीतिक मोर्चा बनाएर अगाडि बढ्नु पर्छ ।’
उनले देशको भविश्य जटिल भएको बताए । यसकालागिल सबै एक हुनु पर्ने र देशको स्वाधीनताकोलागि कटिबद्ध भएर लागनु पर्ने बताए । यदि सशस्त्र संघर्षको अवस्था आए आफू नै प्रमुख भएर राष्ट्रिय स्वाधिनताको लडाईं लड्ने उनको उद्घोष थियो ।