काठमाडौं, २५ चैत्र । एमाओवादी निकट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष सहित सात जना कार्यकर्ता नयाँ शक्ति नेपालमा प्रवेश गरेका छन् । पूर्व अध्यक्ष अरविन्द्र भट्टराईसहित सात जनाले आज विज्ञप्ति जारि गर्दै नयाँ शक्ति लागेको बताएका हुन् । ‘हामी हाम्रै कालमा परिवर्तन भएको देख्न चाहान्छौं । एमाओवादी अध्यक्ष प्रचण्ड राम्रो हुँदा हुँदै पनि उहाँ लाई केही गलत मान्छेहरुले दुरुपयोग गरे,’ दियोपोस्टसँग कुरा गर्दै भट्टराईले भने, ‘अबको नेपालको नेतृत्व नयाँ शक्तिले मात्रै गर्न सक्छ ।’
उनीसहित जिल्ला सदस्य तथा ताहाचल क्याम्पस पूर्व सचिव मोहन खनाल, आरआरकै दिपक पुडासैनी, जिल्ला सदस्य पर्वत पराजुली, सुन्दर अधिकारी, कष लोथ्याल, मनिस सिंह बोहरा लगायत रहेका छन् ।