घटनास्थलबाट दिवान किराँती भन्छन्,–‘यसैगरि चलाउने हो भने, गाडी पल्टिन्छ, भन्दाभन्दै पल्टियो’

दियो पोस्ट  

चैत ३० ,काठमाडौं । तिब्र गति सोमबार विहान खोटाङमा बस दुर्घटना भएको पाइएको छ । घटनास्थलबाट दिवान किराँतीले दियोपोस्टलाई दिएको जानकारी अनुसार घटनामा तिब्र गतिका कारण बस दूर्घटनामा परेको हो । ‘गाडी यसरी जम्प गर्दै गुडाउने हो भने, अब दूर्घटना हुनसक्छ, भनेको १०० मिटर नपुग्दै गाडी दूर्घटनामा पर्यो,’ प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै किराँतीले भने, ‘अधिकांश मजदुरहरु चढेका थिए । कच्चिबाटो र उच्च गतिका कारण लच्केर भिरबाट खसेको हो ।’
अधिकांश यात्रु बाटो बनाउने मजदुर रहेको उनलले बताए । घटनामा चालकको पनि मृत्यु भएको छ । चालक सहित २४ जना यात्रुको अहिलेसम्म मृत्युभएको जनाइएको छ । बसमा सवार एक यात्रुले देवानलाई दिएको जानकारी अनुसार अनुसार गाडि जम्फ गर्दै गुढेको र बुर्खेटार भन्दा अगाडी काभ्रे नजिकै देखि गाडी अनियन्त्रित रुपमा चलाइएको थियो । काभ्रेमै रहँदा एक यात्रुले चालकलाई ‘यसरी चलाउने हो, भने गाडी दूर्घटना हुनसक्छ भन्दै सचेत गराएका थिए ।

दिक्तेलबाट यात्रु बोकेर काठमाडौं आउदै गरेको बा २ ख ६३७६ नं को बस हलेसी दिक्तेल सडक खण्डको अर्खोलेको बर्खेटारमा दुर्घटना भएको थियो ।
किराँतीका अनुसार घटनास्थलमा अहिले, नेपाल प्रहरी र नेपाली सेनाका टोलिहरु उदारमा खटेका छन् । मृतकका आफन्त पनि आइ पुगेका छैनन् । दुई तीन जना मृतकका आफन्त भने घटनास्थलमा पुगेका छन् ।
सदमुकामबाट करिब ४ घण्टा टाढाको दूरीमा रहेको उक्त स्थाबाट २२ जना घाईतेलाई अहिलेसम्म हेलिकोप्टरको माध्यमबाट काठमाडौं ल्याइएको छ ।