पक्राउ पर्दै गर्दा कनकमणिले के भने ? (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं, १० वैशाख । गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा पक्राउ परेका हिमाल साप्ताहिकका प्रकाशक तथा साझा यातयातका अध्यक्ष कनकमणि दीक्षित यतिबेला अख्तियारको हिरासतमा छन् ।

शुक्रबार दिउँसो कार्यकक्षबाटै पक्राउ परेका उनीबारे अख्तियारले विज्ञप्ति समेत निकालीसकेको छ । कनकमणिले आफूलाई अख्तियारका प्रहरीले पक्राउ गर्दै गर्दा केही कुरा बोल्न पाउनुपर्ने माग गरेका थिए ।
‘एउटा कुरा यही भन्छु, भनि छोड्छु, राजा ज्ञानेन्द्रको बेलामा मलाई यही ठाउँबाट पक्राउ गरिएको थियो,’ जबरजस्ति गाडीबाट झर्दै उनले भनेका थिए, ‘अहिले लोकमान कार्कीले तथाकथित लोकतान्त्रिक सरकारले यहाँ मलाई लग्दैछ ।’

गाडीबाट झर्दै गर्दा उनले आफूलाई राजाको शासनमा पनि सोही ठाउँबाट पक्राउ गरेको र लोकमानले पनि सोही ठाउँबाट पक्राउ गरेको बताएका थिए ।
उनले बोल्दै गरेको भिडियो पत्रकार अनुशिल श्रेष्ठले यसरी खिचेका थिए ।

 

 

भिडियो साभार अनुशिल श्रेष्ठको फेसबुक

सम्बन्धित खबर