सुदूरपश्चिमका पहाडी जिल्लामा पानीका स्रोत सुक्दै

diyopost.com
bestnp  मंगलबार, बैशाख १४, २०७३ | ५:४२:०२

डोटी, १४ वैशाख । गर्मी याम बढेसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि पानीका स्रोत सुक्न थालेका छन् ।

अन्य वर्ष पानी नसुक्ने मुहानमा पनि यस वर्ष पानी सुक्दै जान थालेपछि स्थानीयले पानी भर्न घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

डोटीको लडागडा, लामिखाललगायतका गाविसमा पानीका मुहान सुक्दै जान थालेपछि स्थानीय घन्टौँ टाढाबाट पानी ल्याएर गुजारा गर्न बाध्य भएको लामिखाल गाविसका स्थानीय पदम धामीले बताए

यस्तै समस्या डोटीको चवरा चौतारा गाविस–८ मा समेत देखा परेको छ । स्थानीय कमल बम भन्नुहुन्छ ‘‘पानी लिन घन्टौँ पैदल हिँड्नु पर्दछ ।’’ बढ्दो गर्मी यामसँगै खडेरीले डोटीका ग्रामीण भेकका जनता सास्ती भोग्दै आएका छन् । प्रशस्त पानीका मुहान नहुँदा र भएकाको समेत राम्ररी सदुपयोग नहुँदा डोटीका बासिन्दा समस्यामा परेका हुन् ।

डोटीका ग्रामीण भेकमात्रै होइन सदरमुकाम सिलगढी, दीपायलमा समेत यस्तै समस्या देखिएको छ । दीपायलको काखैमा सेती नदी बग्ने भए तापनि बजारमा भने पानीको हाहाकार छ । गर्मी याममा दीपायलमा मिनिरल वाटरको समेत पूर्ति हुन नसकेको सनलाइट होटेल दीपायलका सञ्चालक हर्क बमले बताए ।

सम्बन्धित खबर