काठमाडौँ, १४ वैशाख । सरकारले मनास्लु–ल्होत्से हिमालको प्रथम आरोहण ६० वर्ष पूरा भएको उपलक्ष्यमा हीरक महोत्सव मनाइने भएको छ ।
मनास्लु–ल्होत्से हीरक महोत्सव मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आठ हजार मिटरभन्दा माथि उचाइ भएका हिमालहरुको प्रथम आरोहण भएको ६० वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाइने लागिएको जानकारी दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव प्रेमकुमार राईले नेपालका आकर्षण र गौरवका रुपमा रहेका हिमालमध्ये मनास्लु र ल्होत्सेको हीरक महोत्सव मनाइन लागिएको जानकारी दिए ।
मनास्लु हिमालको सन् १९५६ मे ७ का दिन जापानी नागरिक तोसिओ इमानिसि र नेपाली नागरिक ग्याल्जेन शेर्पाको टोलीले पहिलो पटक आरोहण गरेको थियो ।
त्यस्तै, ल्होत्से हिमालको प्रथम आरोहण सन् १९५६ मे १५ का दिन अन्र्स रिज र फ्रित्ज लुचसिंगर सम्मिलित फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।
सो महोत्सवमा भाग लिन पहिलो सफल मनास्लु आरोहणका अभियन्ता सदस्य मिनोरु हिगेटा पनि नेपाल आउने कार्यक्रम रहेको छ । जापानस्थित दि जापानीज अल्पाइन क्लबको अग्रसरतामा करिब ८० जना जापानी नेपाल आउँदैछन् ।
सरकार र नेपाल पर्वतारोहण सङ्घको संयुक्त आयोजनामा यही चैत १८ गते हुन लागेको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।