तराईमा विनाशकारी हावाहुरी : मृत्यु हुनेको संख्या २८ पुग्यो, ४ सय भन्दा धेरै घाईते

दियो पोस्ट  

बारा, चैत १८ । हावाहुरीका कारण बारा र पर्सामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । बारामा २७ जना र पर्सामा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण ४ सय भन्दा धेरै घाईते भएका र संख्या बढ्न सक्ने उद्दारमा खटिएका अधिकारीहरुले बताएका छन् । घाईतेहरुको उद्दारको काम रातिदेखि नै भैरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राती नै ट्वीट गरेर आईतबार हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय भन्दा धेरै घाईते भएको जानकारी दिएका थिए ।

उनले रातीने उद्दारको काममा लाग्न पनि निर्देशन दिएका थिए । हावाहुरीका कारण बारामा ईट्टा भट्टा, बिजुलीको पोल, र थुप्रै घरहरु भत्किएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।