प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने

दियो पोस्ट  

काठमाडौं, चैत १८ । प्रदेश २ सरकारले हावाहुरीमा परी ज्यान गुमाएका हरेक परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आज सोमबार विहान बसेको प्रदेश २ को मन्त्रीपरिषद बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ र घाईते सबैको निःशुल्क उपचार दिने घोषणा गरेको हो ।

यस्तै प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ५ सदस्यीय उद्दार तथा राहत व्यवस्थापन समितिको गठन गरेको छ । घर भत्केकाको पुनर्वास गर्ने र प्रभावितलाई राहत तथा उद्दार गरी सहयोग गर्न सम्पूर्ण सघसंस्थालाई बैठकले आग्रह पनि गरेको छ ।

यस्तै गृह मन्त्रालयले काठमाण्डौबाट त्रिपाल, लत्ताकपडा र औषधी सहितको टोली बारा पठाएको छ ।

आज बिहानै त्रिपाल लत्ताकपडा र खानेकुरा सहितका तीनवटा ट्रक र नेपाल प्रहरीका ९ जना स्वास्थ्यकर्मीको टोली काठमाण्डौबाट पठाइएको गृह मन्त्रालयले जनाएको छ ।