प्रहरी नै ठगीमा समलग्न, ‘ठग’ ताम्राकारलाई जोगाउँदा भक्तपुरका एसपी हिमालय श्रेष्ठको फूली धरापमा !

दियो पोस्ट  

काठमाडौं, २४ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा भक्तपुर जिल्ला पूर्वअध्यक्ष कृष्ण प्रसाद ताम्राकारको ठगी धन्दा भक्तपुर प्रहरीले संरक्षण गरेको फेला परेको छ ।

आईतबारको आर्थिक दैनिक पत्रिकामा खबर छ–भक्तपुर प्रहरी प्रमुख उपरीक्षक हिमालय कुमार श्रेष्ठले गृहमन्त्री राम बहादुर थापा बादलको लिखित निर्देशनलाई समेत पालना नगरेपछि विवाद सतहमा आएको छ । एसपी श्रेष्ठले उच्च अदालत पाटनको आदेशलाई समेत लत्याएको पाइएको छ ।


भक्तपुरकै स्थायी बासिन्दा सरु महत र उनका पति मनसुन विक्रम शाहबाट ताम्राकारले १ करोड १५ लाख ४७ हजार ३ सय ६३ रुपैयाँ ठगी गरेपछि ताम्राकारविरुद्ध पीडितले प्रहरी प्रशासन गुहारेका थिए । भक्तपुरको कमलविनायकमा सञ्चालित ‘होटल यातु’मा सेयर लगानी गराएर शाह र उनकी पत्नी महतलाई एक करोड १५ लाख रुपैयाँ ठगी गरेको पाइएको थियो ।

होटल सञ्चालनमा आउनुअघि नै व्यवस्थापनमा गुण्डा नाइके गणेश लामाका मान्छे भनेर चिनिएका कुन्साङ लामालाई ल्याएर आफूलाई त्यहाँबाट योजनाबद्ध रुपमा बाहिर निकालेको र आफूनो लगानी गरेको १ करोड १५ लाख रुपैयाँ ठगिएको भन्दै उनीहरुले प्रहरी प्रशासन गुहारेका थिए ।


महतले आफूलाई ठगी गरिएको भन्दै ताम्राकारविरुद्ध २०७४ चैत ६ गते ठगीको जाहेरी दिएकी थिइन् । जाहेरी दिएको केही दिनमा पक्राउ परेका ताम्राकार आफूले ठगी गरेको रकम एक हप्ताभित्र फिर्ता गर्ने मौखिक वचन दिएर छुटेका थिए । तर, सम्पर्कमा आउनुको सट्टा ताम्राकार फरार भएपछि सीआईबीले उनलाई पुनः पक्राउ गरेको थियो ।


दोस्रोपटक पक्राउ परेका ताम्राकारलाई मुलुकी ऐनको फौजदारी मुद्दा चलाउन भन्दै सीआईबीले भक्तपुर प्रहरीपरिसर पठाएको थियो । तर भक्तपुर प्रहरी परिसरकी तत्कालीन एसपी किरण राणाले ताम्राकारलाई मुद्दा चलाउनुको सट्टा ‘उहाँलाई म इन्सपेक्टर हुँदादेखि नै चिन्छु । केपी दाइ त्यस्तो मान्छे होइन’ भन्दै छाडिदिएकी थिइन् । भक्तपुर प्रहरीकै सहयोगमा उम्किएका ताम्राकार आफूलाई गैरकानुनी रुपमा धरपकड गर्न खोजेको भन्दै उच्च अदालत पाटनको शरणमा पुगेका थिए । ठगी मुद्दालाई देवानी प्रकृतिको मुद्दाको रुपमा बङ्ग्याउन ताम्राकारले उच्च अदालत पाटनमा निषेधाज्ञा जारी गरिपाऊँ भन्दै मुद्दा हालेका थिए ।

२०७५ वैशाख २५ गते पाटन उच्च अदालतमा निषेधाज्ञा जारी गरिपाऊँ भन्दै पुगेका ताम्राकारले जेठ २८ गते नै निषेधाज्ञा लिएका थिए । उच्च अदालत पाटनका न्यायाधीशहरु रेवन्त बहादुर कुँवर र राम प्रसाद अधिकारीको संयुक्त इजलासले देवानी मुद्दा नभई फौजदारी ठगी महलअन्तर्गत प्रहरीले कारबाही गरेको र प्रहरी अनुसन्धान र कारबाही नरोक्नु’ भन्दै जेठ १४ गते निषेधाज्ञा नै खारेज गरिदिएको थियो । प्रहरीलाई कारबाही गर्न अदालतले समेत आदेश दिए पनि भक्तपुर प्रहरीले कारबाही नगरेपछि पीडित परिवार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकु पुगेको थियो । अपराध महाशाखाका एसएसपी धिरज प्रताप सिंहको निर्देशनमा गत जेठ २३ गते ताम्राकारलाई भक्तपुरबाट पक्राउ गरेको थियो । पक्राउपछि मुद्दा चलाउनका लागि भक्तपुर प्रहरीमा कागजात र ठगीको प्रमाणसहित पठाइएको थियो । पीडित सरु महतका अनुसार त्यतिबेला भक्तपुर प्रहरी कार्यालयमा नेकपाका सांसद तथा पूर्वउद्योगमन्त्री महेश बस्नेत प्रहरीपरिसरमै पुगेका थिए ।


भक्तपुर प्रहरीका तत्कालीन एसपी हिमालय श्रेष्ठले बस्नेतकै दबाबमा मुद्दा चलाउन दर्ता गर्न अस्वीकार गरेका थिए । पीडित परिवारका अनुसार त्यतिबेला प्रहरी प्रमुख श्रेष्ठले उल्टै जाहेरकर्तालाई ‘चलिरहेको होटल कोटियार्डमा समेत’ गाँजा राखेर उल्टै जेलमा सडाइदिने धम्की दिएका थिए । दुई दिनसम्म प्रहरी हिरासतमा बसेका ताम्राकारलाई मुद्दा चलाउन नसकेका भक्तपुर प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठले जेठ २५ गते पुनः ताम्राकारलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखा टेकु नै फिर्ता गरेका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक धिरज प्रताप सिंहलाई सांसद बस्नेतले ‘जागिर खाइदिने’ धम्की दिएको र धम्कीपछि सोही राति एक हप्ताभित्र उपस्थिति हुने र रकम बुझाउने शर्तमा छाडिएको थियो । तर, प्रहरी कार्यालय हाजिर हुने लिखित कबोल गरेर छुटेका ताम्राकारले फेरि पीडित परिवार र प्रहरीलाई छक्याएका थिए । प्रहरीले जाहेरी समेत दर्ता नगरेपछि पीडित परिवारले गृहमन्त्री राम बहादुर थापालाई समेत भेटेका थिए । ४५ मिनेट लगाएर घटना सुनेका गृहमन्त्री थापाले तुरुन्त प्रहरी प्रमुख सर्वेन्द्र खनाल, भक्तपुरका सीडीओ, तत्कालीन उपत्यका हेर्ने डीआईजी मनोज नेउपाने र भक्तपुरका एसपी हिमालय श्रेष्ठलाई गृह मन्त्रालयमा बोलाएका थिए ।

गृहमन्त्रीकै अगाडि प्रहरी प्रमुख खनालले ‘यस्तो विषय मन्त्रालयमा कसरी आइपुग्यो ेष्ठले पीडित परिवारलाई उल्टै धम्की र तनाव दिएको उनीहरुको आरोप छ । हामीलाई केही बेरमा एसपी हिमालय कुमार श्रेष्ठको फोन आयो । ‘मेरो कम्प्लेन गृह मन्त्रालयमा पु¥याउने ? तिमीहरु बोलाउँदा परिसर नआउने ? माथिको पावर लगाउने ?यस्तै यस्तै शब्दले मलाई थर्काउनुभयो’, पीडित शाह भन्छन् । गृह मन्त्रालयले ताकेता गरेको झण्डै २३ दिनपछि मात्रै एसपी श्रेष्ठले जाहेरी दर्ता गरेका थिए ।

गत असार २४गते जाहेरी दर्ता भए पनि ठगी गर्ने ताम्राकार खुलमखुल्ला हिँडिरहेका छन् । भक्तपुरका विभिन्न कार्यक्रममा प्रहरी एसपी श्रेष्ठसँगै उनी भेटिए पनि कुनै कारबाही भएको छैन । स्रोतका अनुसार भक्तपुर प्रहरी प्रमुख श्रेष्ठलाई ठगी आरोपी ताम्राकारले आर्थिक प्रभावमा पारेका थिए । विश्वस्त स्रोत भन्छ, ‘भक्तपुरका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले समेत ताम्राकारबाट मोटो रकम लिएका थिए ।