अवैध डलरकाण्डमा मुछिएका एसएसपी सन्दिप भण्डारी रातारात हङकङ फरार !

दियो पोस्ट  

काठमाडौं, २५ चैत्र । अवैध रुपमा विदेशी मुद्रा लिएर विदेश जान लाग्दा पक्राउ परेका त्रिभुवन विमानस्थलमा क्याफे चलाउने सुवास श्रेष्ठलाई आफ्नो जिम्मामा छुटाएको केही समयपछि पुन सादा पोसाकको प्रहरीले पक्राउ गरेपछि विवादमा मुछिएका एसएसपी सन्दिप भण्डारी शनिबार हङकङ प्रस्थान गरेका छन् ।


एसएसपी पदमा एक नम्बरमा बढुवा भएका भण्डारीले विवादास्पद व्यापारी सुवास श्रेष्ठलाई आफ्नै जिम्मामा लिएर छुटाएको केही समयपछि नै रंगेहात पक्राउ गरेपछि विवादमा तानिएका थिए ।
सोमबारको आर्थिक दैनिकमा खबर छ–विवादको घेरा छल्नकै लागि उनी विदा लिएर हङकङ प्रस्थान गरेका हुन् ।


एयरपोर्टमा मःम बेच्ने सुवास श्रेष्ठले गर्ने गरेको विदेशी मुद्राको अवैध ओसारपोसारमा आफू पनि मुछिएपछि एसएसपी भण्डारी निकै तनावमा रहेको बुझिएको छ ।