विदेशी डलरकाण्डमा मुछिएका सुवास श्रेष्ठको विमानस्थल भित्रको कफि सपमा मध्यरातमा शिल !

दियो पोस्ट  

काठमाण्डौ चैत २६ । वैदेशिक विनिमय मुध्दाका आरोपित सुवास श्रेष्ठको पसल वन्द हुने भएको छ । मंगलबार वसेको विमानस्थल सुरक्षा समितिको वैठकले उक्त निर्णय गरको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हवाई सुरक्षा महाशाखाका अनुसार विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल भवनको प्रस्थान तर्फको स्टेरलाईज्ड एरियाभन्दाभित्रको वेटिङ्ग हल नजिकको टि, कफि एण्ड स्न्याक्स सपलाई आज राति वन्द गर्ने जनाईएको छ ।

बुधबार प्रकाशित आर्थिक दैनिकमा खबर छ–आरोपित सुवास श्रेष्ठलाई विमानस्थलको पाँच नम्वर गेटबाट पक्राउ गरि गत २४ गते आईतवार राजश्व अनुसन्धान विभागमा वुझाएको थियो । गत शुक्रवार सुवास श्रेष्ठ सहित अन्य श्रेष्ठको परिवारजनका चार सदस्यहरुसँग अवैध डलर वैकक जाने क्रममा विभिन्न देशका अवैध मुद्राहरु फेला परेको थियो । उक्त अवैध मुद्राहरु उनले आफन्तको नामवाट संचालित पसलबाट श्रेष्ठले लगेको जनाउँदै प्रहरीको अनुरोधमा एक समिति गठन गरि पसल शिल गर्ने निर्णय गरेको जनाईएको छ । विमानस्थल र उक्त पसलविच भएको सहमति अनुसार गैह्र कानूनी गतिविधि गर्न नपाउने तथा सुरक्षा विपरितका कार्य गर्न वा तोकिएका वस्तुहरुभन्दा अन्य वस्तुहरु वेच्न नपाउने भन्ने रहेको छ । यदि पक्राउ परेको अवैध रकम त्यहि पसलबाट लगिएको देखिए सहमति भंग समेत हुने जनाईएको छ ।

उक्त पसल आरोपित सुवास श्रेष्ठले लामो समयदेखि राजनीतिक पहुँचको आधारमा चलाउँदै आएका थिए । श्रष्ठले विमानस्थभित्रको अन्तराष्ट्रिय टर्मिनल तर्फको तीन वटा, दुई पाङ्ग्रे सवारी साधन पार्किङ्ग नजिकको कान्तिपुर क्याफे र विमानस्थलकै आन्तरिक टर्मिनलको एक वटा पसल आफ्ना नातेदारहरुको नाममा लामो समयदेखि संचालन गर्दै आएका छन् । उनलाई गत २०७५ चैत्त २२ गते शुक्रबार थाई एयरबाट वैकक जान लाग्दा विमान चढ्नका लागि विमानस्थलको जाँदै गर्दा पाँच नम्वर गेटबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले आरोपित श्रेष्ठ लगाएतका परिवार जनहरुसँग अमेरिकि डलर १००००, थाई भाट २२१५०, चिनियाँ युआन ८०००० र यूरो १३८० फेला परेको थियो । यध्यपी प्रहरीको मिलेमतोमा केहि रकम कम दखाईएको एक सुरक्षाकर्मी नाम नवताउने सर्तमा वताउँछन् । श्रोतका अनुसार शुरुमा पन्ध्र हजार अमेरिकि डलर गनिएको थियो । प्रहरीले श्रेष्ठलाई त्रिअविको स्टेरलाईज्ड एरियाको वन्द कोठामा राखि श्रेष्ठसँग वार्गेनिङ्ग समेत गरेको वताईएको छ । मुद्रा गणना गरेको कोठामा अन्य सुरक्षाकर्मीहरु जान समेत प्रतिवन्ध लगाईएको जनाईएको छ । आफुलाई समस्या हुने भएपछि झारा टार्नको लागिमात्र भएपनि प्रेस नोट प्रकाशन गरिएको जनाईएको थियो ।

पक्राउ परेको साँझ श्रेष्ठलाई विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीको रोहवरमा छोडिएको भएतापनि विभिन्न अनलाईन समाचारहरुले समाचार प्रकाशन गरेपछि श्रेष्ठलाई प्रहरी वृत्त गौशालाको हिराशतमा राखिएको थियो । श्रेष्ठ पक्राउ परेका समय एसएसपी भण्डारी विदामा थिए । विदामा भएका भण्डारीले श्रेष्ठ पक्राउ परेपछि किन विमानस्थलका वरिष्ठ अधिकारीलाई फोन गरे र विदामा भएका अधिकारी किन विमानस्थल उपस्थित भए भन्ने कुरा रहश्यमय वनेको छ । 

एसएसपी भण्डारी शनिवार राती ड्रागन एयरको विमानद्वारा हङ्गकङ्ग गएका थिए । के एसएसपि भण्डारीले आफ्नो व्याग रित्तै लगेका थिए त हङ्गकङ्ग? पेचिलो वनेको छ विषय ।

भण्डारी गत २०७५ फागुन ७ गते एसएसपीमा वढुवा भई १२ गतेको सरुवामा विमानस्थलको प्रमुख भएका थिए ।  

आरोपित श्रेष्ठ लगाएतका परिवार जनहरुलाई गत २४ गते आईतवार राजश्व अनुसन्धान विभागको कानून शाखाले जिल्ला अदालत काठमाण्डौमा हाजिर गराएको थियो । उनि चैत्र २५ गते सोमवार साँझ विगो वरावरको धरौटि राखि धरौटि जमानीमा तारेखमा रिहा भएका छन् । 

श्रेष्ठले लामो समयदेखि वैदेशिक मुद्रा नेपालबाट विदेश पुर्याउने काम गर्दै आएको जानकारहरु वताउँछन् ।