बालकमाथि अप्राकृतिक मैथुन गर्दै आएका फ्रेन्च नागरिक पक्राउ

दियो पोस्ट  

काठमाडौं, चैत ३० । नक्सालको एक होटलबाट फ्रेन्च नागरिक पक्राउ परेका छन् । नेपाली बालकलाई अप्राकृतिक मैथुन गराएको आरोपमा ६९ वर्षीय जर्जस् इगोर सिमान्काई रंगेहात पक्राउ परेका हुन् ।

बिहीबार बिहान एक बालकसहित आपत्तीजनक अवस्थामा पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनको कोठाबाट प्रहरीले एक बालकको उद्धार गरेको छ । उनी समाजसेवाको आवरणमा नेपालमा बालकहरुको यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । उनी सात पटक नेपाल आइसकेको सिआइबीका एसपी उमा प्रसाद चतुर्वेदीले बताए ।

अनाथहरुलाई सहयोग गर्छु र फ्रान्स लैजान्छु भनेर नजिकिने र यौन शोषण गर्ने अनुसन्धानाम खुलेको छ । १९ वर्षअघि बालबालिकामाथि यौन शोषण गरेको आरोपमा सिमान्काई पक्राउ परेका थिए । उनीविरुद्ध अर्का एक बालकले समेत उजुरी दिएका छन् । नेपालमा बाल यौन दुराचारको उद्देश्यले आउने विदेशीहरुको संख्या बढी रहेको प्रहरीले जनाएको छ । नयाँपत्रिका दैनिकबाट