लुक्ला विमानस्थलमा हेलिकप्टर र जहाज ठोक्कियो, ठूलो संख्यामा हताहती भएको आशंका !

दियो पोस्ट  

सोलुखुम्बु, बैशाख १ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा हेलिकप्टर र जहाज ठोक्किएको छ । समिट एयरको जहाज, मनाङ एयरको हेलिकोप्टर र श्री एयरलाईन्सको हेलिकप्टर आपसमा ठोक्किएको छ । समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो । 

दुर्घटनामा ठूलो संख्यामा हताहती भएको आशंका गरिएको छ । स्रोतका अनुसार एक जना प्रहरी अधिकारी र एक जना को–पाइलटको निधन भएको छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले घाइतेको उद्दार हुने क्रम जारी भएको र उद्दारका लागि हेलिकोप्टर पुगिसकेको जानकारी दिए ।

यसअघि पनि र्दुघटनामा पर्दै आएको समिट एयरले धावनमार्गमा पाकिङमा रहेका दुईवटा हेलिकप्टरलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरी प्रवक्ता सुवेदीले बताए ।

घटनाको थप विवरण आउन बाँकी छ ।