ग्राहक ठग्न युनाइटेड सिमेन्टको ‘दुष्प्रचार’ : भारतमा प्रतिबन्धित स्यान्ट्रो कार उपहार !

ग्राहक ठग्न युनाइटेड सिमेन्टको ‘दुष्प्रचार’ : भारतमा प्रतिबन्धित स्यान्ट्रो कार उपहार  !

काठमाडौं, १० वैशाख । भारतमा उत्पादन मै प्रतिबन्ध लगाएको कार नेपाली ग्राहकलाई उपहारको रुपमा दिने भन्दै युनाइटेड सिमेन्टले दुष्प्रचार गरिरहेको पाइएको छ ।


सन् २०१५ जनवरीदेखि कोरियन अटो म्यानुफ्याक्चर हुन्डाइले उत्पादनमै रोक लगाएको र बजारमा समेत नबिक्ने कारलाई उपहार दिन्छु भन्दै सिमेन्ट उद्योगले केही पत्रपत्रिकामा विज्ञान नै गरेको पाइएको छ ।


केही दिन अघिदेखि केही दैनिक पत्रिकाको ज्याकेड विज्ञापनको रुपमा ‘दुष्प्रचार थालिएको पाइएको हो ।


‘नव वर्ष २०७६ को शुभ–उपलक्षमा युनाइटेड सिमेन्ट्सको उपहार सरर… कार । सुन चाँदीका सिक्का सँगै होलिडेको बहार’ भन्दै दैनिक पत्रिकामा सेन्ट्रो कारको तस्विर छापिएको छ ।
बजार शास्त्रका अनुसार कुनैपनि वस्तु कम गुणस्तरको भए विभिन्न बहानामा विज्ञापन गरिन्छ । युनाइटेड सिमेन्टले गत वर्ष धादिङ लगायत देशैभर प्रयोग गरिएको मिति भन्दा धेरै पछि उत्पादन मिति लेखिएको बोरा विक्री गर्दै आएको थियो । उक्त विषयमा जिल्ला प्रशासन कार्यालय धादिङले छानबीन गरेर दोषी ठहर गरेको थियो ।


केएल दुगर समुहको लगानी रहेको युनाइटेड सिमेन्टको उत्पादन धादिङको धुनेवेशी नगरपालिका स्थित धार्केमा भइरहेको छ । बस्ती बीचमा मापदण्ड विपरित उद्योग सञ्चालन भएपनि सरकारी निकायले बेवास्ता गर्दै आएका छन् ।


यसअघि विभिन्न ‘फन्डा गरेर’ गुणस्तरहिन सिमेन्ट बेच्दै आएको युनाइटेड सिमेन्टले फेरी कार चढ्ने सपना देखाएर गुणस्तरहिन सिमेन्ट बजारमा पुर्याउने दाउमा लागेको बताइन्छ ।


भारतमा प्रतिबन्धीत कार उपहारको रुपमा नेपाली ग्राहकलाई दिने कम्पनिको प्रचारधन्दाका विषयमा कम्पनीको टेलिफोन उठाउने व्यक्तिले हुन्डाई कम्पनिसँगै बुझ्न भन्दै प्रतिक्रिया दिन अस्विकार गरे ।

Facebook Comments

Trending News