काठमाडौं, १५ वैशाख । नेपाल वायु सेवा निगमले खरिद गरेको वाईड बडीमा अर्बौं रकम घोटाला भएपछि उक्त काण्डका प्रमुख अभियुक्त मध्ये प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुङ्गानालाई अख्तियारले बयान लिएको खुलाशा भएको छ ।
प्रधानमन्त्री कार्यालयमा आर्थिक तथा पुर्वाधार विकास र प्रशासन शाखा प्रमुख रहेका ढुङ्गानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अघि लामो बयान लिएको खुलाशा भएको हो ।
नेपाल एयरलाइन्सले खरिद गरेको वाइड वडी ए ३३०–२०० विमान खरिदमा अरबौँं भ्रष्टाचार भएपछि संसदको सार्वजनिक लेखा समितिले छानबीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो ।
वाइडबडी खरिदमा मुख्य भूमिकामा रहेका तत्कालिन राजश्व सचिव ढुङ्गानालाई अख्तियारले छानबीनका लागि बयान लिएको हो ।
विमान खरिद प्रक्रिया शुरु भएदेखि सम्पन्न भएसम्म ढुंगानाको भूमिका महत्वपूर्ण थियो । उनी वाइड बडी खरिद गर्ने नेपाल बायु सेवा निगमका सञ्चालक समिति समस्य समेत थिए । तत्कालिन अर्थ मन्त्रालयको सहसचिव रहेका ढुङ्गानाले २०७३ अशोज देखि सञ्चालक समितिको भूमिका निभाएका थिए ।
२०७३ माघ ३ गते गठित वाइड बडी खरिदा लागि सम्झौता स्विकृत गर्न गठित उपसमितिको संयोजक पनि उनै ढुङ्गाना थिए । स्रोतका अनुसार वाइड बडी खरिदको मुख्य अगुवाई गर्ने व्यक्ति ढुङ्गाना नै भएकाले उनलाई कारबाही गर्नुपर्ने माग समेत बढेको छ ।