बालुवाटार जग्गाकाण्डमा मौन बसेका अख्तियार प्रमुख घिमरेको लमजुङमा २ आना जग्गा खोज्न तोक आतंक !

दियो पोस्ट  


काठमाडौं, १७ वैशाख । अर्बौंको भ्रष्टाचार हुँदा पनि आँखा छोपेर बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि प्रेम सञ्जेलले ५१ हजार भत्ता खाएको विषयमा पत्राचार गरेपछि निकै ठूलो विवाद भयो । ठीक त्यस्तै अर्को प्रकरण फेला परेको छ ।


सत्ताको आडमा भूमाफियाले बालुवाटारदेखि खुलामञ्च समेत केही बाँकी नराखी आफ्नो नाममा बनाएर खाएको वर्षौँ बितिसक्दा पनि देखेको नदेख्यै गरेर दिन बिताइरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वले सत्ताधारीहरुसँगको सेटिङमा विपक्षी विचार बोक्नेलाई तेजोवध गर्न विकट पहाडी जिल्लामा दुई आना जमिन खोज्न आफूसँग भएका सम्पूर्ण शक्ति परिचालन गरेको पाइएको छ । प्रमुख आयुक्त नवीन घिमिरेले एउटा बेनामे उजुरी पारेर छानबिन गर्न तोक लगाएका छन् ।


सत्ता र शक्तिको दुरुपयोग गरेर प्रदेश ४ को लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ७ मा भएको उक्त घटनापछि सिंगो लमजुङ र त्यसका आसपासका जिल्लामा समेत घटना निकै चर्चित हुनपुगेको छ ।


लमजुङ सुन्दरबजार नगरपालिका ७ घर भएका हाल काठमाडौं भीमसेनगोला बस्ने रुद्रनाथ मिश्रका छोरा अमरराज मिश्रले आफ्ना सहयात्री नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरु प्रेम राई, केदारबहादुर अधिकारी, शिशिर ढुंगाना र अख्तियारकै उच्च तहका कर्मचारीको नाममा धाक लगाउँदै सुन्दरबजार नगरपालिका ७ घर भई हाल ललितपुर भैँसेपाटी बस्ने देवी प्रसाद मिश्रका छोरा वासु मिश्रले २०३९ सालको नापीमा करिब २ आना सार्वजनिक जमिन आफ्नो जग्गामा भित्र्याएको भनी आयोगमा बेनामे उजुरी पारी त्यसमा प्रमुख आयुक्त घिमिरेको तोक लगाउन लगाई कारबाही अघि बढाएपछि लमजुङ जिल्लाभर र छिमेकी जिल्लाआसपासका स्थानीय निकायका विकास निर्माणका काममा समेत त्यसले त्रास फैलाएको छ ।


स्मरणीय के छ भने अमर मिश्रले यसरी उजुरी गर्नुको प्रमुख कारण उक्त बाटो निर्माण गर्दा एक ठाउँमा उनको ३० रोपनी जग्गा भएको ठाउँमा ३० वर्गफिटजति जमिन बाटोमा पारिदिएको भन्ने नै हो । बाटो परेको जग्गामा उनले बार लगाएका थिए तर स्थानीय बासिन्दाले बार भत्काएर बाटो खुलाएका थिए । त्यसको नेतृत्व वासुदेव मिश्रका भाइ ज्ञानु मिश्रले गरेको हुँदा अख्तियारमा बेनामे उजुरी पारेर सत्ता र शक्तिको दुरुपयोग गरी उनले बदला लिन खोजेको प्रस्टै देखिएको छ ।


२०३९ सालको नापीमा पहाडमा २ आना जमिन मिचिएको भनी अख्तियारमा बेनामे उजुरी पारी सत्ता र शक्तिको दुरुपयोग गर्ने अमर मिश्र स्वयंले आर्थिक वर्ष २०७४÷०७५ मा केन्द्रबाट आफ्नो गाउँठाउँमा पाँच लाख रुपैयाँजति बजेट राख्न लगाई खानेपानी ट्यांकीको लागि बाटो लाने भनी आफ्नो घरसम्म बाटो पु¥याई अख्तियारको ठाडो दुरुपयोग गरेको स्थानीय बासिन्दा आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताउँछन् ।
एनले अख्तियारको नाममा गाउँमा आतंक मच्चाएको घटनाको फाइदा उठाउँदै उक्त बाटो निर्माण उपभोक्ता समितिका संयोजक पुस्कल ढुंगानाले निर्माण कार्यलाई अधूरो राखेर झण्डै १४ लाख रुपैयाँ दुरुपयोग गरेका छन् । यी सबै घटनामा सुन्दरबजार नगरपालिकाका मेयर लगायतका जनप्रतिनिधि मूकदर्शक बनेका छन् ।