मोरङ , १९ चैत । मोरङको डायनियामा बिहीबार साँझ एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
डायनिया–७ स्थित भेडुवाथान भन्ने स्थानमा नाम, थर र वतन नखुलेका मागी खाई हिँड्ने अन्दाजी ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका हुन् । मृतकको शवपरीक्षणका लागि रङ्गेली अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki