आधारभूत सहकारीबाट पीडित स्वस्थानीको भिडियो बयान : ‘जालसाँजी गरेर यसरी मेरो जग्गा खाए’

diyopost.com
दियो पोस्ट  शुक्रबार, चैत्र १८, २०७८ | ११:५५:४२

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर तथा सर्वमान्य नेता गणेशमान सिंहको निवास चाक्सीबारीबाट ठमेल चोक तर्फ काठमाडौं गेष्ट हाउस नपुग्दै दायाँ तर्फ साँघुरो गल्लीबाट प्रवेश गर्दा एउटा घुर्मइलो रेष्टुरेन्ट भेटिन्छ । रेष्टुरेन्ट पनि के भन्नु पुराना सामानहरुको कंकाल जस्तो । यो शहरको धुँवाधुलोले रेष्टुरेन्टको बोर्डदेखि बारसम्म केही पनि नदेखिने भइसके । तैपनि धुलोले लतपतिएको बोर्डमा गहिरिएर हेर्दा ‘ईन्स्पायर्ड रेष्ट्रो’का केही अक्षर छुट्याउन सकिन्छ ।
पुराना र थोत्रा सामानहरुले लथालिंग देखिने त्यही रेष्टुरेन्ट भित्रबाट शरिर घिसार्दै एक जना महिला बाहिर निस्कन्छिन् । लठ्ठीको सहारामा भित्रबाट बाहिर आउन उनलाई ठूलो पहाड चढेजस्तै मुस्किल प¥यो । कुनैबेला मिस नेपालमा समेत भागलिएकी उनको इतिहास जति रोमाञ्चक रबाफिलो थियो वर्तमान भने त्यति नै दर्दनाक र दारुण छ ।

३६ वर्षिय स्वस्थानी केसीले केही वर्षअघि सहकारीबाट ऋण लिने कोशिस मात्रै के गरेकी थिइन् । उनले जीवनभर कमाएको रकमबाट खरिद गरिएको जग्गा क्षणभरमै जालसाँजी गरेर हत्याइयो । सहकारीको मानसिक यातनाकै कारण उनी मस्तिष्कघातबाट पीडित बन्न पुगिन् । दियोपोस्टकर्मी सामु स्वस्थानीले आफूमाथि आधारभूत बहुउद्देश्यीय सहकारी सिंस्थाले गरेको ज्यादतीको विवरण यसरी खुलाएकी छिन् ।

 

सम्बन्धित खबर