काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तामा प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् ।
नेपाल एयरलाइन्सको विमान मार्फत देउवा भारत प्रस्थान गरेका हुन् । देवाको साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा तथा विभिन्न मन्त्रालयका सचिवहरु छन् ।
देउवाको विदाईका लागि सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत टोली विमानस्थल पुगेका थिए । उनलाई नेपाली सेनाको टुकडीले सम्मान गरेको थियो ।