स्थानिय चुनाव : चन्द्रागिरी नगरपालिकाको टिकट पाउन सत्तारुढ दल र प्रतिपक्षी दलमा रस्साकस्सी !

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र १९, २०७८ | २०:१७:११

युवराज पहाडी

काठमाडौं । देशभर स्थानिय तहको निर्वाचनको माहोलले तातेको छ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि दलहरु फेरी गाउँगाउँ फर्किएका छन् । तर, चुनावको बेला मात्रै जनताको घर दैलोमा पुग्ने दलका नेताहरुमाथि जनताले यसपाली कस्तो सवक सिकाउने हुन् त्यो भने समयको गर्भमै छ । वैशाख ३० पछि यसको चित्र पनि देखिनेछ ।

काठमाडौं प्रवेशको प्रमुख नाका हो नागढुंगा । नागढुंगाबाट नै काठमाडौं शुरु हुन्छ । काठमाडौंको नाकाको नगर हो चन्द्रागिरी नगरपालिका । यो नगरपालिका पनि चुनावी रौनकताले अछूतो रहन सकेको छैन । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको चन्द्रागिरी चन्द्रागिरी नगरपालिका काठमाडौं जिल्ला भित्र भौगोलिक हिसाबले सबैभन्दा ठूलो नगरपालिका समेत हो ।

नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा चन्द्रागिरी पनि थपिएको हो ।

काठमाडौं जिल्लाको दक्षिण–पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर जम्मा २५ वडा बनाई चन्द्रागिरी नगरपालिका घोषणा गरिएको थियो ।

नेपालको संबिधान अनुसार राज्य पुनसंरचना आयोगको पुनसंरचना पछि नेपाल सरकार, मन्त्रीपरिषदको २०७३ फागुन २२ को स्थानीय तह पुनःसंरचनासम्बन्धी निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भइ चन्द्रागिरी नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो । यो नगरपालिकामा पनि चुनावी रौनकता शुरु भएको छ ।

काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिकामा नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्रको बर्चस्व छ । यी तिन दल आगामी चुनावी रणनीतिमा को भन्दा को कम भन्दै अन्यदलका कार्यकर्ता पार्टी प्रवेश गराउन सक्रिय छन् । सत्तारुढ दलले यो निर्वाचन गठबन्धन गरेर जाने निर्णय गरेका छन् । गठबन्धन हुँदा चन्द्रागिरीमा कुद दलले मेयर पाउँछ भन्ने तहसम्मको निर्णय भइसकेका छैन । तर, नेपाली कांग्रेसले चन्द्रागिरी नगरपालिकामा हालका मेयर घनश्याम गिरी र राजेन्द्र विक्रम बानियाँ मध्ये एक जनालाई उठाउने तयारी गरेको छ ।

 

गिरी निकै शालिन व्यक्तित्व भएको कारण उनलाई फेरी एकपटक टिकट दिनुपर्ने उनी पक्षिय नेता कार्यकर्ताको माग छ । तर, काठमाडौं जिल्ला सभापति भइसकेका बानियाँ पनि बलिया उम्मेदवार हुन् । गिरी वा बानियाँले टिकट पाइहाले अन्य दललाई जितन मुस्किल हुने विश्लेषण छ । गिरीको कार्यकालमा उल्लेख्य काम हुन नसकेपछि नगरपालिकाको विकासको आधार तयार भएको उनी निकट कार्यकर्ता बताउँछन् ।

समृद्ध चन्द्रागिरीको सपना साकार पार्न समेत काग्रेसका गिरी र बानियाँको विकल्प खोज्न नहुने कांग्रेस कार्यकर्ताको माग छ ।

यता बानियाँ भने व्यवासायी समेत हुन् । माओवादी केन्द्रको निर्णायक मत रहेको यस नगरपालिकामा काग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरि छलफल भईरहेको छ । माओवादीले देवकृण महर्जन, गणेश कुनवारको नाम अघि सारेको छ ।

यस अघिको एकमात्र वडा अध्यक्ष जितेर माओवादीको नगरमा साख जोगाएको जस गोपीलाई छ । उनी काठमाडौंबाट माओवादीबाट निर्वाचित हुने एकमात्रै वडाध्यक्ष हुन् । नेकपा एमालेले हरिशरण थापा, गोपीचन्द्र कार्की, दिपक पनेरु, राजु श्रेष्ठमध्ये एक जनालाई अगाडी सार्ने सम्भावना रहेको छ ।

सम्बन्धित खबर