वैज्ञानिक समाजवादी कन्युनिस्ट पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत महिला !

diyopost.com
दियो पोस्ट  आइतबार, चैत्र २०, २०७८ | १२:४५:०९

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । चैत्र १७ गते काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन पछि भक्तपुरको बोडेमा बन्द शत्र सुचारु भएको थियो ।

शनिबार सम्पन्न राष्ट्रिय भेलाले विश्व भक्त दुलाल ‘आहुती’को संयोजकत्वमा ९९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । त्यस्तै बन्दशत्रमा आहुतीले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत महिलाको सहभागिता भएको छ । केन्द्रीय समितिको निर्णयमाथि पुनर्विचार गर्नेगरि पार्टीले ‘प्रबुद्ध समिति’ पनि निर्माण गरेको छ । जसको संयोजकमा नन्दन अर्याल चयन भएका छन् । भेलाले आगामी निर्वाचन बहिस्कार गर्ने, एमसीसी विरुद्ध संयुक्त मोर्चा निर्माण गर्न पहल गर्ने लगायत ८ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ ।

सम्बन्धित खबर