धर्मशालामा होटल बनाउने बतास समुहसँग करार भंग गरेको सुचना दैनिक पत्रिकामा

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र २१, २०७८ | ११:०६:५८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालीलाई भाडामा दिएको नेपाल–भारत मैत्री पशुपति धर्मशालाको करार सम्झौता रद्द गरेको छ । बतास समुहदवारा संचालित होटल आनन्दले करार सम्झौता भंग गरेको पत्र लिन अस्विकारगरेपछि विभिन्न पत्र पत्रिकामा पत्र, इमेलको स्क्रिन सर्ट समेत सार्वजनिक गरिएको छ । कोषले लाखौँ बजेट खर्च गरेर उक्त सुचना छपाएको हो । कान्तिपुर दैनिक, गोरखापत्र दैनिक लगायत दैनिक पत्रिकामा सुचना छपाएर कोषले संझौता भंगको जानकारी दिएको छ ।

कोष र प्रालीबीचको सम्झौता रद्द भएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्राली (बतास समूह)ले बुझ्न नमानेको कोषका सदस्य सचिव डा मीलनकुमार थापाले बताए ।

‘होटल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको पाइएन। कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय ग¥यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा बतास समूहले बुझ्न मानेन्,’ उनले भने ।

पत्रिकामा सार्वजनिक सुचना अनुसार कोषले गत चैत्र १७ गते करार भंग गर्ने निर्णय भएको भन्दै बतासलाई पत्र मार्फत जानकारी दिएको थियो ।

सम्बन्धित खबर