धादिङ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसका कार्यकर्ताद्वार कांग्रेसकै कार्यकर्ता कुटिएका छन् । वडाध्यक्ष उम्मेदवारी चयनका लागि नेपाली कांग्रेस वडा नम्बर ११ को भेलामा स्थानिय कांग्रेस नेता दिपक धमला कुटिएका हुन् ।
वडाध्यक्षका आकांक्षी समेत रहेका धमलालाई अर्का आकांक्षी तथा वडासभापति राम श्रेष्ठ समुहले कुटपीट गरेको हो । घाइते धमलाको आँखामा गम्भिर चोट लागेको छ ।
घाईते धमलालाई उपचारको लागि आइतबार राती नै जिल्ला अस्पताल धादिङवेशी ल्याइएको छ । पीडित परिवारले कुटपीटमा समलग्नलाई कानुनी कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । तर, प्रहरीले घटनामा समलग्नलाई पक्राउ गर्न सकेको छैन ।