काठमाडौं । सत्तारुढ दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको बारेमा ब्रिफिङ गरेको र भारत भ्रमण सफल भएको गठबन्धनलाई जानकारी दिएका छन् ।
त्यस्तै गठबन्धन बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन भएको छ ।
त्यस्तै देशको अर्थतन्त्रलाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद, र सरोकारवाला पक्षसँग एक बृहत अन्तर्क्रिया आयोथना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।