* धादिङवेशीमा दुई समुहबीच कुटाकुट, तीन जना गम्भिर घाइते !

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र २३, २०७८ | १:४४:४९

जिल्ला सदरमुकाम धादिङवेशीमा दुई समुहबीच झडप भएको छ । व्यक्तिगत विषयलाई लिएर भएको विवादमा दुई समुहबीच झडपको रुप लिएको हो । झडपमा तीन जना घाइते भएका छन् ।

झडपमा एक सर्वसाधरण समेत उक्त घटनामा गम्भिर घाइते भएका छन् ।

घाइते हुनेहरुमा दिपक अधिकारी, धनबहादुर कार्की र नकुल वस्ति रहेका छन् । कार्की सर्वसाधरण हुन् । उनीहरुलाई धादिङ अस्पतालमा साधारण उपचार गरि काठमाडौं पठाइएको छ ।

 

घटनाबारे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीलाई केही थाहा नभएको बताए । ‘अहिले मलाई केही थाहा छैन । भोली विहान मात्रै थाहा हुन्छ,’ भण्डारीले भने,‘भोली नै सम्पर्क गर्नुहोला ।’

 

सम्पादकीय नोट : समाचार स्रोतको सुचनाको आधारमा यसअघि प्रकाशित समाचारमा असम्बन्धित कारण र व्यक्ति उल्लेखित भएका कारण ती व्यक्तिको नाम हटाइएको छ । घटनाको तस्विर र कारणको विषयमा जवाफ दिनुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नै सुचनाको पहुँचमा नभएका कारण स्रोतले दिएको जानकारीकै आधारमा प्रकाशित समाचारले असम्बन्धित पक्ष तथा व्यक्तिलाई पर्न गएको क्षतिप्रति माफी चाहान्छौँ । समाचारको विषयमा आम पाठकले व्यक्त गर्नु भएको प्रतिक्रिया र चासोप्रति धन्यवाद दिन चाहान्छौँ ।

सम्बन्धित खबर