कांग्रेस भित्र टिकटको विषयमा विवाद हुँदा उत्तरी धादिङ्गमा ‘गोली चल्यो’, गाउँपालिका अध्यक्ष घाइते

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र २३, २०७८ | ३:३४:२६

धादिङ्ग । नेपाली कांग्रेस भित्रको किचलोले उग्ररुप लिएको छ । स्थानिय निकायको टिकटका विषयलाई लिएर कांग्रसभित्र दैनिक कुटाकुटको घटना दोहोरिरहेका छन् ।

मंगलबार राती केहीबेरअघि धादिङ्गको खनियाँबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ्गमाथि आक्रमण भएको छ । पार्टीकै अर्को समुहको आक्रमणमा परेका तामाङ्ग गम्भिर घाइते भएका छन् । दियोपोस्टको सम्पर्कमा आएका घाइते तामाङ्गका अनुसार उनीमाथि राजु पाख्रिनको समुहले आक्रमण गरेको हो ।

‘उहाँले पेस्तोल पड्काएपछि समस्या शुरु भयो । टिकटकै विषयमा विवाद भएको हो,’ रणबहादुरले भने,‘ममाथि हाल्का चोट लागेको छ । मैले घटनाबारे प्रहरीलाई पनि खबर गरेको छु ।’

 

सम्बन्धित खबर