काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विभुषित हुने भएका छन् । संविधान दिवसको अवसरमा गत असोज ३ गते उनलाई सरकारले विभुषण दिने घोषणा गरेको थियो ।
सो विभुषण आगामी वैशाख १ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट दिइने कार्यक्रम छ ।
जबरालाई सरकारले ‘महाप्रज्वल राष्ट्रदिप’बाट विभूषण गर्दैछ । प्रतिनिधिसभामा जबरा विरुद्ध महाअभियोग दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । निलम्बनमा भए यता सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा दिपक कुमार कार्की छन् । नियमित कामकाजबाट बञ्चित रहेका जबरा निवासमै छन् ।
आगामी वैशाख १ गते हुने विभुषण कार्यक्रममा उनी जान्छन् की बहिष्कार गर्छन् ? चासो विषय बनेको छ ।
राष्ट्रपति कार्यालयले वैशाख १ गते विहान ९ बजेदेखि नै विभुषणको कार्यक्रम राखेको छ । गृहमन्त्रालयले विभुषण समारोहमा सहभागी हुनेलाई ड्रेस कोड निर्धारण गरेको छ ।