राष्ट्र बैंकका अधिकारीले आनी छोइङ डोल्मासँग पनि मागेको थियो १८ करोडको ३० प्रतिशत ‘घुस’

diyopost.com
दियो पोस्ट  आइतबार, चैत्र २७, २०७८ | १४:५६:२३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केहीदिन अघि सार्वजनिक कार्यक्रममै राष्ट्र बैंकका संचालक समिति सदस्यले नै ३० हजार डलर घुस मागेको सार्वजनिक गरिदिए । त्यसको भोलीपल्छै गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परे ।
के साँच्चै राष्ट्र बैंकका अधिकारीहरुले विदेशबाट नेपाल भित्रिने रकममा घुस बार्गेनिङ् गर्छन् त ? यो प्रश्नको जवाफ खोज्न केही वर्ष अघि गायीका आनी छोइङ डोल्माले दियोपोस्ट समक्ष गरेको गुनासो तर्फ फर्किनुपर्ने हुन्छ ।
उनले हङकङमा गीत गाएरै वर्षौंसम्म जम्मा गरेको करिब १८ करोड नेपाली रुपैयाँ एकै साथ नेपाल ल्याउन खोजेकी थिइन् । तर, राष्ट्र बैंकका उच्च अधिकारीले बार्गेनिङ गरेर रकम भित्रिन नदिएको उनको आरोप थियो

लामो समयसम्म आफूले चीनमा रहँदा गरेको कन्सर्ट र परोपकारी कार्यका लागि जम्मा भएको १६ लाख ४९ हजार ९ सय ४० अर्थात १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ राष्ट्र बैंकले रोक्का राखेको भन्दै सञ्चार माध्यममा प्रचार गरेर राष्ट्र बैंकका उच्च अधिकारीले आनीसँग ‘बार्गेनिङ’ गरिरहेको उनले खुलाशा गरेकी थिइन् ।
‘यो एक वर्षअघि देखिकै समस्या हो । आनीसँग ३० प्रतिशत रकम राष्ट्र बैंकका उच्च अधिकारीले मागेका थिए,’ राष्ट्र बैंकका एक अधिकारीले दियोपोस्टसँग भनेका थिए,‘उहाँले त्यो रकम बरु बेसाहारा र परोपकारमा खर्च गर्छु तर घुस खुवाउँदिन भन्नु भएपछि यो प्रकरण बाहिर आएको हो ।’

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको विदेशी विनिमय विभागले समेत रोक्का गरेको रकम रोक्का नगरिएको र रोक्नु पर्ने कारण नरहेको भन्दै टिप्पणी उठाएर पठाएको भएपनि राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले फाइल नै ड्रोयरमा लुकाएर राखिदिएका थिए ।
आनीको नाममा हङकङबाट उक्त रकम आएको मेगा बैंकले जानकारी गराएपछि राष्ट्र बैंकले २०७५ माघ २० गते सम्पत्ति सुद्धिकरण विभागलाई पत्राचार गरेको थियो । उक्त पत्रमा राय माग गरिएको थियो । सम्पत्ति सुद्धिकरण विभागले राष्ट्र बैंकलाई पठाएको पत्रमा आनीको खाता रोक्का गर्नुपर्ने कारण नरहेको र रोक्का नभएको जानकारी राष्ट्र बैंकलाई गराएको थियो ।

 

राष्ट्र बैंकका उच्च अधिकारीले गायीका डोल्माको निवासमा पटक पटक विचौलिया पठाउने गरेको समेत आनीले आफू निकटहरु समक्ष बताएकी थिइन् ।

त्यतिबेला आनी भुटानबाट फर्किएको दिन राष्ट्र बैंकबाट एक विचालीया उनकै निवासमा पुगेर बार्गेनिङ गरेका थिए ।
विचौलियाहरुले गभर्नरजी, डेपुटी गभर्नर जी, सम्पत्ति सुद्धिकरणको डिजी समेतलाई मिलाउनुपर्छ भन्दै घुस माग्ने गरेका थिए ।

त्यतिबेला राष्ट्र बैंकका उच्च अधिकारीले आनीसँग ३० प्रतिशत रकम दिए मात्रै रकम निकाल्न दिने नत्र नदिने धम्की नै दिएका छन् । १८ करोडको ३० प्रतिशत रकम भनेको ५ करोड ५० लाख हुन आउँछ ।

 

सम्बन्धित खबर