मेडिकल सामग्री खरिद ठेक्कामा सेटिङ गरेको भन्दै विशाल पण्डितमाथि छानबीन गर्न निर्देशन

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र ३०, २०७८ | १४:०९:४७

काठमाडौं । नेपालका अधिकांश सरकारी अस्पतालमा अर्बौंको मेडिकल तथा सर्जिकल सामग्री सप्लाई गर्दै आएका ठेकेदार विशाल पण्डितमाथि छानबीन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । पण्डितले सरकारी तथा निजी अस्पताल तथा प्रतिष्ठानका कर्मचारी, अस्पतालका खरिद ईकाई, मेडिकल उपकरणको स्पेक बनाउने चिकित्सकसँग मिलेमतो गरि सिटिस्क्यान, क्याथ ल्याब, एमआरआई मेसिन, इसिजी, इको र एक्सरे जस्तो मेसिन खरिदमा ठूलो सेटिङ गर्ने गरेको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो ।

उनले कर्मचारीलाई हातमा लिएर आफैले स्पेसिफिकेशन बनाउने र टेण्डर समेत आफू अनुकुल हुने गरि मात्रै पार्ने गरेको आरोप छ ।
धादिङको साविक केवलपुर १ घर भएका पण्डितले सेटिङ ठेक्काबाटै ५० औँ अर्बको सम्पत्ति जोडेका छन् ।

कुनै समय त्रिपुरेश्वरस्थित एक सर्जिकल पसलमा काम गर्ने पण्डितले २०६८ साल पौष २८ गते आफ्नै स्वामित्वको हस्पिटेक ईन्टरप्राइजेज प्रा.ली नामक कम्पनि स्थापना गरेका थिए ।

२०७६ मा पण्डितले उक्त कम्पनिको अधिकृत पुँजीबृद्धि गरेर एक करोड रुपैयाँ बनाएको देखिन्छ । उनले मेडिकल सामग्री खरिदमा एकलौटी गर्न आफ्नै दाजु पुष्कर पण्डितको नाममा लाईफलाईन ट्रेड ईन्टरनेश्नल नामक कम्पनि समेत खडा गरेको आरोप छ ।

पण्डितले ठेक्कामा सेटिङ गरि अर्बौं कमाए पनि राज्यलाई भने कर छली गरेको आरोप छ । उनी विरुद्ध स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिरकण अनुसन्धान विभाग लगायत विभिन्न निकायमा उजुरी परेको थियो । प्रधानमन्त्री कार्यालयले चैत्त २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । ‘मेडिकल माफिया विशाल पण्डितलाई कारबाही गरिपाउँ भन्दै परेको निवेदनमा छानबीन गर्न’ प्रधानमन्त्री कार्यालयले स्वास्स्थय मन्त्रालयलाई निर्देशन दिएको छ ।

मेडिकल सामग्री खरिद ठेक्का सेटिङबाट कमाएको अर्बौं रुपैयाँले पण्डितले सिंहदरबारस्थित राष्ट्रिय अनुसन्धान विभाग अगाडी मापदण्ड विपरित होटल बनाएका छन् । बसेरा बुटिक होटलको नामले चिनिने यो होटलमा शंकाष्पद गतिविधि हुने गरेको स्रोतले जनाएको छ ।

 

 

सम्बन्धित खबर