काठमाडौं । सर्वोच्च शिखर आरोहण गर्ने क्रममा बिहीबार बिहान एक गाइडको मृत्यु भएको छ। खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको हो ।
माप्य दुधकोशी गाउँपालिका –७ सोलुखुम्बुका ३७ वर्षीय गाइड शेर्पा दोस्रो क्याम्पतर्फ जानेक्रममा बिरामी परेपछि तत्कालै मृत्यु भएको एक गाइडले बताए ।
मृतकको शव पोष्टमार्टेमका लागि हेलिकप्टरबाट लुक्ला ल्याइएको छ। इन्टरनेस्नल माउन्टेन गाइड (आइएमजी) कम्पनीबाट आरोहणका लागि गएका गाइड शेर्पाको लेक लगेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।