काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरिक्षक परिवर्तन भएसँगै प्रवक्ता समेत फेरिएका छन् । नवनियुक्त प्रहरी महानिरिक्षक पुष्पराम केसीले प्रवक्ताको जिम्मेवारीमा डिआइजी बिदुर खड्कालाई नियुक्त गरेका हुन् ।
यसअघि आइजी शैलेन्द्र खनालले आफू निकट एसएसपी कमलप्रसाद तिउसिनालाई प्रवक्ता तोकेका थिए ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी प्रवक्तालाई हुनेछ ।