माधव नेपालले गरे आफ्नै पिताको शालिक अनावरण !

diyopost.com
दियो पोस्ट  आइतबार, बैशाख ०४, २०७९ | ७:३८:०८

रुपन्देही, ३ वैशाख ः पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालका पिता मंगलकुमार नेपालको शालिक अनावरण गरिएको छ ।
लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा पाँचौ साधारण सभाका क्रममा शालिक अनावरण गरिएको हो ।

उनीसँगै कृष्ण प्रसाद कोइरालाका पिता यादव कोइरालाको शालिक पनि अनावरण गरिएको छ ।

दुबै शालिकको अनावरण नेपाल प्रज्ञा प्रतिष्ठानाका कुलपति गंगा प्रसाद कोइरालाले गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानको मानार्थ सदस्यता, आजीवन सदस्याता, विशिष्ट सदस्यता र संस्थापक सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा फत्तेकुमारी ओली, कविता उपाध्याय, पशुपतिमणि त्रिपाठी, नारायण ज्ञवाली, शेखर दहित, डिकबहादुर विश्वकर्मा, गिरीश्रीस मगरलाई अभिनन्दन गएिको थियो । कार्यक्रममा सातवटा पुस्तक विमोचन गरिएको थियो ।

प्रमुख अतिथि माधवकुमार नेपालले संस्कृत वाङमयको उत्थानको लागि कपिलधामले गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गर्दै यसलाई विशेष सहयोग गरी अगाडि बढाउने प्रतिवद्धता जनाए । आफ्नो पिताजीको संस्कृति दर्शन र साहित्यमा भएको योगदानको स्मरण गर्दै उनको सपना साकार पार्नुपर्ने उनले बताए ।

विशिष्ट अतिथि गंगाप्रसाद कोइरालाले स्वर्गीय हिमलाल ज्ञवालीले नेपाली वाङमयको विकासमा देखाएको तत्परता र योगदानको कदर गर्दै उनको सपना पूरा गर्न सबै लाग्नु्पर्नेमा जोड दिए । अर्का विशिष्ट अतिथि डा.बालकृष्ण चापागाईले लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बनी प्रदेश नेपालले विगतमा गरेका कामहरुको प्रशंसा गर्दै आफूले यो विषयमा विगतदेखि सहयोग गर्दै आएको बताए ।

लुम्बिनी वाङमय प्रतिष्ठान नेपालको विधान संशोधन गरी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश बनाइएको छ ।

अधिबेशनले ऋषि आजादको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्ष हरि पोखरेल, उपाध्यक्ष सिर्जना ज्ञवाली, महासचिव अर्जुनकुमार पौडेल, सचिव शेखर दहित, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली रहेका छन् ।
सदस्यहरुमा विक्रम शिशिर बाँके, मीना बराल बर्दिया, फत्तेकुमारी ओली रुकुम, कमलमणि देवकोटा दाङ्ग, नवराज आचार्य, प्यूठान, कविता उपाध्याय रोल्पा, कृष्णकला भण्डारी पाल्पा, घनश्याम न्यौपाने परिश्रमी नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलवस्तु, तिलक लामिछाने रुपन्देही, कविता पन्थी गुल्मी, पिताम्बर बन्जाडे अर्घाखाँची निर्वाचित हुनु भएको छ । कपिलधामका अध्यक्ष शंकर आचार्यको अध्यक्षता र साहित्यकार रुद्र ज्ञवालीको सञ्चालनमा भएको अधिबेशनमा प्रतिष्ठानको संस्थागत र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

सम्बन्धित खबर