पत्रकार दिपा दाहालको पुनर्बहाली माग गर्दै कान्तिपुर टेलिभिजनमा धर्ना

diyopost.com
दियो पोस्ट  सोमबार, बैशाख ०५, २०७९ | १६:१९:४९

काठमाडौं । कान्तिपुर टेलिभिजनकी रिपोर्टर दिपा दाहाललाई पुनर्वहाली गर्न माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । पत्रकार महासंघ केन्द्रीय समितिले कान्तिपुर टेलिभिजनको कार्यालय सुविधानगर तिनकुनेमा धर्ना कार्यक्रम गरेको हो ।

महासंघले ६ बुँदे मागसहित धर्ना गरेको हो । पत्रकार दिपा दाहाललाई तत्काल पुनर्बहाली गर्नुपर्ने, न्युनतम पारिश्रमिक तत्काल लागु गर्नुपर्ने, श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन गर्नुपर्ने, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी गर्नुपर्ने, सरकारसँग लिएको सहुलियतपूर्ण कर्जालाई पत्रकारको हितमा प्रयोग गर्नुपर्ने, विभिन्न बहानामा निष्काशित पत्रकारलाई पुनर्वबहाली गर्नुपर्ने माग उनीहरुले ब्यानरमा राखेका छन् ।

धर्नामा पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, महासचिव रोशन पुरी लगायत पत्रकार महासंघका नेताहरु सहभागी छन् ।

सम्बन्धित खबर