निलकण्ठका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपीट गर्ने वडाध्यक्ष अधिकारी पक्राउ !

diyopost.com
दियो पोस्ट  सोमबार, बैशाख ०५, २०७९ | १९:२४:४९

धादिङ । धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलमाथि कुटपीट गर्ने वडाध्यक्ष गौतमहरी अधिकारी पक्राउ परेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मुगलिनले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका ईन्सपेक्टर सुर्य रानाले वडाध्यक्ष अधिकारी पक्राउ परेको पुष्टि गरे ।

‘हामीले उहाँलाई नियन्त्रणमा लिएका छाैँ,’ उनले भने

यता निलकण्ठ ७ का वडाध्यक्ष अधिकारीले पनि आफू प्रहरी कार्यालयमा रहेको बताए ।

‘म अहिले प्रहरी कार्यालयमै छु । अहिले छलफल भइरहेको छ,’ गौतमहरीले दियोपोस्टसँग भने,‘त्यही विषयमा अहिले कुराकानी भइरहेको छ । म अहिले मुग्लिनमा छु ।’

केहीदिन अघि कुरिन्टार स्थित सिद्धार्थ रिसोर्टमा आयोजित एक कार्यक्रममा बेलुका वडाध्यक्ष अधिकारीले प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि कुटपीट गरेका थिए । कुटपीटबाट पौडेलेको निधारमा चोट लागेको थियो । उनको निधारमा चार वटा टाँका लगाइएक थियो ।

सम्बन्धित खबर