स्थानिय निर्वाचन २०७९ : मौन अवधिमा देशैभर मदिरा विक्री वितरणमा प्रतिबन्ध !

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख ०६, २०७९ | १८:३८:४४

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले मौन अवधिमा मदिरा विक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मौन अवधि शुरु भएपछि देशभर मदिरा विक्री वितरणमा प्रतिबन्ध लगाउने जानकारी दिएका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहयोगमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्तममा थपलियाले यस्तो बताएका हुन् ।

प्रमुख आयुक्त थपलियाले आयोगले मनोगत आधारमा भन्दा पनि सरोकारवालासँगको छलफलका आधारमा सुधारका विषयलाई कार्यान्वयनमा ल्याइएको प्रस्ट पारे । हामीले स्थानीय तहको निर्वाचन एकै दिन एकै चरणमा गर्ने निर्णय बताउँदै उनले यसबाट निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षतामा राम्रो नतिजा आउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दललाई ती दलको निर्वाचन चिह्नबाट निर्वाचनमा भाग लिन दिने प्रस्ट कानुनी आधार नभए पनि आयोगले ती दललाई पनि निर्वाचनमा सहभागी हुन दिनुपर्छ भनेर जोखिम उठाएको उनले बताए ।

आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै उनले पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्णपालना गर्न सञ्चारमाध्यमसँग आग्रह गरे ।

सम्बन्धित खबर