राजेन्द्र महतोको फेसबुक ह्याक, ह्याक भएको फेसबुकबाट पार्टी परित्यागको घोषणा !

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख ०६, २०७९ | १८:५५:३७

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । उनको फेसबुक ह्याक गरि महतोले पार्टी परित्याग गरेको घोषणा गरिएको सुचना सार्वजनिक भएको थियो ।

‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ महतोले लेखेका छन् ‘ यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु। यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु।’

ह्याक भएको फेसबुकबाट महतोले लोसपा परित्याग गरेको घोषणा गरिएको छ ।

 

सम्बन्धित खबर