नेपाल घुम्न आएका विदेशी नागरिक ठमेलस्थित होटल मनाङमा मृत भेटिए !

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको ठमेलस्थित होटल मनाङमा एक जना विदेशी नागरिक मृत भेटिएका छन् । मंगलबार बेलुका होटलबाट खसेको अवस्थामा ती नागरिक फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रवक्ता दिनेशराज मैनालीका अनुसार  ती नागरिक छतबाट खसेजस्तो अवस्थामा भेटिएका हुन् ।

यता महानगरिय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी दुर्गा दाहालका अनुसार बिहान ८ बजे घटनाबारे प्रहरीले थाहा पाएको हो । मृत नागरिकको पोसपोर्ट अनुसार उनी आइरिस नागरिक हुन् । ‘उनीहरु एड्रेस होटलमा बसेका रहेछन् । उसँगै एक जना इंग्ल्याण्डका नागरिक पनि रहेछन्,’ दाहालले भने,‘हामीले ती नागरिकलाई नियन्त्रणमा लिएर छानबीन थालेका छौँ ।’

मनाङ होटलको टेलिफोन नम्बरमा सम्पर्क  गर्दा फोन उठाउने महिलाले घटनाबारे अनविज्ञता प्रकट गरिन्  । उनले होटल संचालक तथा मालिकको नाम समेत थाहा नभएको बताइन् ।