सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डा मिल्यो : भरतपुर माओवादीलाई !

diyopost.com
दियो पोस्ट  बुधबार, बैशाख ०७, २०७९ | २०:०७:२०

काठमाडौं । सत्तारुढ ५ दलिय गठबन्धनको भागबण्डा मिलेको छ । आगामी स्थानिय तहमा गठबन्धन गरेर जाने विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सहमति भएको हो । जसमा सर्वाधिक चर्चाको विषय बनेको भरतपुर महानगरपालिका अन्तत माओवादीले लिने भएको छ ।

नेपाली कांग्रेसले प्रमुख पदमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा उम्मेदवारी दिने छ ।

माओवादी केन्द्रले भरतपुरमा प्रमुखके पदमा उम्मेदवारी दिनेछ भने ललितपुरमा उपप्रमुख पदमा उम्मेदवारी दिने छ । एकीकृत समाजवादीको भागमा पोखरा महानगरपालिका परेको छ । काठमाडौंको उपमेयर पनि समाजवादीकै भागमा परेको छ ।

हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा पनि समाजवादीकै दाबी छ । इटहरी, बुटवल र तुल्सिपुर उपमहानगरको उपमेयर पनि समाजवादीलाई दिने निर्णय भएको छ ।

जनता समाजवादीलाई विरगन्ज महानगरपालिकाको मयर पद दिने सहमति भएको छ । त्यस्तै विराटनगरको उपमेयर, जनकपुर उपमहानगरपालिकाको मेयर तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखको पद पनि जसपाले पाएको छ ।

महानगर तथा उपमहानगरमा अर्को सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले प्रमुख र उपप्रमुख केही पाएको छैन । सम्झौतामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबर