मन्त्री झाँक्री अमेरिका प्रस्थान, यूएन ह्याबिटेटको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने

diyopost.com
दियो पोस्ट  शुक्रबार, बैशाख ०९, २०७९ | २३:३७:१२

काठमाडौं, ९ बैशाख । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छिन् । अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए ।

यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने पनि उनले बताइन् । मन्त्री झाँक्रीसँगै कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी हुनेछन् । मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने जनाइएको छ ।

सम्बन्धित खबर