वीरगन्ज । पत्रकार गिरिश गिरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ। विभिन्न पुस्तकका लेखमक समेत रहेका गिरी आज आइतबार नै उम्मेदवारी दर्ताका लागि वीरगञ्ज जाँदैछन् ।
गिरीले कान्तिपुर दैनिक, नागरिक दैनिक, सेतोपाटी र देशसञ्चार अनलाइन लगायतमा समेत काम गरेका छन् ।
उनका ‘वीरगञ्ज मेरो शहरको कथा’ र ‘सत्यमोहन’ पुस्तक प्रकाशित छन्। शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको जीवनी ‘सत्यमोहन’ हालसालै प्रकाशित भएको हो।