काठमाडौं । टिकटको विषयलाई लिएर विवाद हुँदा अनलाइन न्युज सेभेनका संचालक तथा पत्रकार रोशन पाण्डेमाथि निर्घात कुटपीट भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीका अनुसार बनेपामा नेपाली कांग्रेस भित्रै विवाद हुँदा पाण्डेमाथि कुटपीट भएको हो ।
‘रोशन पाण्डेमाथि हातपात भएको भन्ने सुनेको छु,’ एसपी जोशीले भने,‘अहिले बुझ्ने काम भइरहेको छ । उनीहरु भित्रैको विवाद भन्ने सुनेको छु ।’
स्रोतका अनुसार स्थानिय तहको टिकटलाई लिएर गणेश लामा र तिर्थ लामा समुहबीच विवाद हुँदा विवादले उग्र रुप लिएको थियो ।
कांग्रेसकै कुन्साङ लामाले उनीमाथि कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ ।