काठमाडौं । ललितपुर जिल्लाको मेयरमा पुन ः चिरिबाबु महर्जन नै दाहोरिने भएका छन् । उनलाई नेपाली कांग्रेस ललितपुरले फेरी मेयरमा उठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले महर्जनलाई महानगर प्रमुखको उम्मेदवार बनाएका हुन् ।
उनले साढे १२ बजे जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको तयारी भइरहेको पनि बताए।
सम्पदा बचाउको क्षेत्रमा महर्जनले महत्वपूर्ण कदम उठाएका छन् । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले अवैध रुपमा ऐतिहासिक समय फल्चाको भवनको भग्नावशेषको जग्गा मिचेर भवन बनाएको थियो । मेयर महर्जनको सक्रियतामा भवनले अनधिकृत कब्जा गरेको भाग भत्काएर २ सय वर्ष पुरानो समय फल्चा निर्माण गरिएको थियो ।