मोरङ । सत्ता गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकामा उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उम्मेदवार हुने भएका छन् ।
गठबन्धनबाट विराटनगर महानगरमा जसपाले उपमेयर पाएको थियो । उम्मदेवार हुन लागेका यादव जसपाको महानगर अध्यक्ष हुन् । उनलाई उम्मेदवार बनाउने निर्णय भएको जसपाका प्रदेश १ उपाध्यक्ष राजकुमार यादवले बताए ।