सरकारी कागजात किर्ते गर्नेलाई एमालेको टिकट उपहार, उम्मेदवारी रद्ध हुने संकेत !

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख १३, २०७९ | १८:०१:२८

धादिङ । बेनिघाट रोराङ गाँउपालिका वडा नंबर ३ को वडा अध्यक्षमा उम्मेदवारी दिएका भुवन त्रिपाठी विरुद्ध उजुरी परको छ ।

मंगलबार धादिङको निर्वाचन अधिकृत कार्यालयमा वडाअध्यक्षमा दावी गर्ने त्रिपाठी विरुद्ध बेनिघाट रोराङ गाँउपालिका ३ का कमलराज कडेँल, राजेन्द्र कडेँल र ऋषि त्रिपाठीले उजुरी दिएको हो ।

यसअघि समेत वडा अध्यक्षका रुपमा काम गरेका त्रिपाठीले सरकारी कागजात किर्ते गरेको पाईएको थियो । तेज एग्रिगेट क्रसर उद्योगको नाममा सरकारी कागजात किर्ते गरेको आरोप उनिमाथि लागेको थियो ।

पछि घादिङका तात्कालिन वन अधिकृत इमानाथ पौडेल र तत्कालिन उद्योग अधिकृत विजय भट्टराईको अनुसन्धान टोलीले स्थलगत अवलोकन गरेर १ करोड १७ लाख ५१ हजार १६० रुपैया जरिवाना तोकेको थियो तर उक्त जरिवाना तोकेको ४ वर्ष वितिसक्दा समेत उनले सो जरिवाना तिरेका थिएनन् । सोही कारण त्रिपाठी विरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा समेत २०७७ चैत १७ गते मुद्धा परेको थियो ।

उनले क्रसरको आवरणमा अवैध नदिजन्य पदार्थको उत्खखनन् गर्दै आएका थिए । सोही कारण देखाउँदै उनलाई मनोनयन अयोग्य रहेको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दर्ता भएको छ ।

सम्बन्धित खबर