भरतपुरका बागी कांग्रेस उम्मेदवारलाई गृहमन्त्रीद्वारा राजदूतदेखि करोडौँं रकमको अफर !

diyopost.com
दियो पोस्ट  शुक्रबार, बैशाख १६, २०७९ | ११:४०:५६

काठमाडौ । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व सांसद जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन विभिन्न प्रस्ताव पुगेको पाइएको छ । तर आश्वासनका सबै प्रस्तावलाई उनले अस्विकार गरिदिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएको छ । तर, सत्तारुढ दल नेपाली कांग्रेसकै पूर्व सांसद पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विशेष दूत बनेर बुधबार भरतपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँड विद्रोही उम्मेदवार पौडेल,उनका प्रस्तावक र समर्थक मिना खरेल र जिल्ला विकास समिति चितवनका पूर्व सभापति ८३ बर्षिय कृष्णलाल सापकोटालाई विभिन्न आश्वासन दिएर विहीबार काठमाडौँ फर्किएका छन् ।

स्रोतका अनुसार पौडेललाई राजदूत बनाउनेदेखि करोडौँ पैसाको अफर समेत गरिएको थियो । पैसाको कुरा गरेपछि गृहमन्त्री खाँडलाई पौडेलले हप्कीदप्की गरेका थिए ।

उक्त स्रोतको अनुसार गृहमन्त्री खाँडले पौडेलका प्रस्तावक मिना खरेललाई राष्ट्रिय योजना आयोगको सदस्य रसमर्थक सापकोटालाई समानुपातिक सांसद बनाउने आश्वासन दिएको दावी छ । खरेललाई पनि पैसाको अफर गरेपछि खरेलले समेत गृहमन्त्री खाँडलाई हप्काएको स्रोतको भनाई छ ।

सम्बन्धित खबर