पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ, छोरा प्रतिक थापा अझै फरार !

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दामा संलग्न पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।
एमाले नेता समेत रहेका बादल गृहमन्त्री हुँदा उनी सल्लाहकार थिए । उनलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । मंगलबार विहानै उनी पक्राउ परेका हुन् ।

 

सागर राई, केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

बादल पछिल्लो समय २०७४ फागुनपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री थिए। उनी गृहमन्त्री भएका बेला इन्द्रजित राई उनका सल्लाहकार थिए । बादलका छोरा प्रतिक थापा विरुद्ध समेत जाहेरी परेको छ ।