BREAKING :: रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन केपी ओलीको प्रस्ताव !

दियो पोस्ट  

काठमाडौं । विगत केहीदिन देखि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेकी सरकारमा सहभागी हुने भन्ने विषयमा निर्णय गर्नका लागि रास्वपा छलफलमा जुटेको हो ।

शुक्रबारसम्म निर्णय गरिसक्ने रास्वपाका नेताहरुको भनाई छ । यता रास्वपाका पार्टी सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचन जितेर संसदीय दलको नेता समेत चुनिएका रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने छलफल समेत उच्च तहमा चलेको छ ।

स्रोतका अनुसार लामिछानेलाई प्रधानमन्त्री बनाउने नयाँ राजनीतिक तुरुप भने नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फालेका हुन् । ‘केपी ओलीजीले रविलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको छ । ओलीजीको प्रस्ताव आएपछि रास्वपा पनि यतिबेला निर्णय विहिन बन्न पुगेको छ,’ उच्च स्रोतले बन्यो,‘सोही कारण रविजी राजनीतिक भेटघाटमा लाग्नु भएको हो ।’

लामिछानेले आजै जनमत पार्टीका नेता डा. सिके राउतलाई भेटेका छन् । पार्टीले आधिकारीक रुपमा तस्विरसहित भेटघाटको जानकारी दिएपनि उनीहरुबीच के कुरा भएको भन्ने जानकारी दिएको छैन ।

स्रोतका अनुसार लामिछानेले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा सहमति गराउन जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवदेखि माधव नेपालसम्म भेट्ने कोशिसमा छन् ।
रास्वपाका प्रवक्ता डा. मुकुल ढकाललाई यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सम्बन्धित खबर