पृथ्वी राजमार्ग फेरी अवरुद्ध, गणेशखोला पुलमा देखियो ठूलो भ्वाङ !

दियो पोस्ट  

धादिङ । पृथ्वीराजमार्गस्थित धुनेवेशी निगरपालिका र थाँक्रे नगरपालिका जोड्ने गणेशखोलाको पुलमा फेरी ठूलो भ्वाङ देखिएको छ । उक्त भ्वाङदेखिएपछि फेरी पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

स्थानिय रामचन्द्र थापाका अनुसार अहिले दुवै तर्फको सवारी साधन रोकिएको छ । वैकल्पिक मार्ग समेत तयार नभएको कारण सडक अवरुद्ध भएको हो ।

स्थानियका अनुसार बेली बृज राख्नका लागि अब २ दिन लाग्ने जनाइएको छ । सुरक्षा निकाय र स्थानियबासीले सडक खुलाउने तयारी गरेपनि हालसम्म कुनै उपाय लागेको छैन । मध्यान्न १२ बजेदेखि पुन सडक अवरुद्ध भएको हो ।