पक्राउ पुर्जी जारी भएपछि ‘फरार’को सुचीमा रहेका टोप बहादुर रायमाझी कहाँ छन् ?

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर सर्वसाधरणबाट करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहसँग लेनदेनमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव पूर्व उर्जामन्त्री टोप बहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी यतिबेला सभामुख देवराज घिमिरेसँगै काठमाडौं बाहिर गएको खुलाशा भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारीपछि फरारको सुचीमा रहेका रायमाझी हाल सभामुख देवराज घिमिरेसँगै रहेको खुलेको छ । उनी अर्घाखाँचीको छत्रदेवमा आयोजित महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन त्यहाँ पुगेका हुन् ।
उनको मोबाइल नम्बरमा पटक पटक फोन गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।